बैशाख ३१,हेटौंडा। मकवानपुर र सिन्धुलीकी दुई बालिकाहरु हाडनाता पर्ने संरक्षकबाट बलात्कृत भएको घटना सार्वजनिक भएका छन्।

बालिकाहरु आफ्नै घरभित्रका भरोसायोग्य अभिभावक (हजुरबुवा र ठुलोबुवा) बाट सिकार भएका हुन्।

प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ भने अर्काको खोजी कार्य तीव्र पारेको जनाएको छ।

 १.हजुरबुवाबाट १० वर्षीया नातिनी पीडित

स्थान: बकैया गाउँपालिका–६, मकवानपुर।

घटना: गत चैत ५ गते राति सुतिरहेको अवस्थामा १० वर्षीया नातिनीलाई प्रलोभन देखाएर आफ्नै हजुरबुवाले जबरजस्ती करणी गरेको।

विवरण: बालिकाका अनुसार हजुरबुवाले पहिले पनि पटक-पटक बलात्कार गर्ने र कसैलाई सुनाए कुटपिट गर्ने धम्की दिने गरेका थिए।

स्थिति: बालिकाले आमालाई जानकारी गराएपछि घटना बाहिरिएको हो। हाल बाबुको जाहेरीका आधारमा प्रहरीले खोजी गरिरहेको छ भने अभियुक्त फरार छन्।

२. ठुलोबुवाबाट १६ वर्षीया बालिका गर्भवती

स्थान: भक्तपुर (घटनास्थल), पीडितको स्थायी घर सिन्धुली।

घटना: भक्तपुरमा ठुलोबुवाको संरक्षणमा बस्दै आएकी १६ वर्षीया बालिकालाई गत पुस १५ गते मादक पदार्थ सेवन गरी ठुलोबुवाले नै जबरजस्ती करणी गरेको।

खुलासा: बालिकाको महिनावारी रोकिएपछि गर्भपतनका लागि हेटौँडा अस्पताल आएको समयमा ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ ले घटनाबारे थाहा पाई प्रहरीलाई खबर गरेको थियो।

स्थिति: मकवानपुर प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको छ। घटना कार्यक्षेत्र भक्तपुर परेकाले थप कानुनी प्रक्रियाका लागि मुद्दा उतै रिफर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय