भदौ १,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका -९ स्थित धापमा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ।शनिबार दिउँसो करिब ३ बजे तिर मयुरधापबाट हेटौंडा बजारतर्फ आउँदै गरेको वागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानिय ५ वर्षिय बालक सिभांस अर्यालको ज्यान गएको हो।
प्रहरीका अनुसार बाटो छेउमा हिँडिरहेका सिभांस मोटरसाइकलको ठक्करबाट सख्त घाईते भएका थिए। उनलाई उपचारको लागी हेटौडा अस्पताल ल्याईएकोमा १५:०५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले मोटरसाइकल र चालक हेटौंडा-१४का अन्दाजी १७ वर्षिय किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेकोे प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय