मंसिर १,बारा। विश्व प्रसिद्ध बाराको पञ्चवर्षिय गढिमाई मेला आज मंसिर १ गतेबाट शुरु भएको छ।मेला बाराको महागढिमाई नगरपालिका-२ स्थित गढिमाई मन्दिर परिसरमा शुरु भएको हो।
हरेक ५ वर्षमा लाग्ने मेला एक महिनासम्म अर्थात मंसिर ३० गतेसम्म चल्नेछ। मेलामा देश विदेशबाट हजारौं दर्शनार्थीको घुईँचो लाग्ने गर्छ। मेलामा हजारौंको संख्यामा राँगा,बोका लगायतका पशुपंक्षीको बलि दिने परम्परा रहेको छ।

गढिमाई विश्वमै सबैभन्दा बढी बलि दिने मेला भनेर पनि चिनिन्छ।
यद्यपि पशुअधिकारकर्मीहरुले भने बलि प्रथाको विरोध गर्दै आएका छन्।
मेलामा मंसिर २३ गते आईतवार रांगा बलि र २४ गते बोका बलि दिईने कार्यक्रम रहेको मेला व्यवस्थापन समितिले जनाएको छ।




