साउन२,हेटौंडा।मकवानपुर प्रहरीले विहिवार र शुक्रवार लागूऔषध नाईट्राभेट र ट्रामाडोलसहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एकजना भारतिय तथा एक महिलासहित चारजना मकवानपुरका छन्।

प्रहरीले हेटौंडा-१२ स्थित भाईरल पुलबाट २२ ट्याबलेट लागूऔषध नाईट्राभेट र चोरी गरेको ९ बट्टा पाईलट चुरोटसहित दुईजनालाई नियन्त्रणमा लिएको हो।

भाईरल पुलबाट नियन्त्रणमा लिईएका हरुसँग बरामद लागूऔषध र चोरीको चुरोट।

स्थानीय २२ वर्षिय नबिन श्रेष्ठ र २६ वर्षिय बिजय बललाई लागूऔषध नाईट्राभेट र चोरीको चुरोटसहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।

उनका अनुसार विहिवार ११ बजेको समयमा हेटौंडा-१२ झोलुङ्गे पुलस्थित कान्छा बलको घुम्ती पसल फुटाई सामानहरु चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले भाईरल पुलमा शंकास्पदरुपमा बसिरहेका उनिहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालत हेटौंडाबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको छ।

यस्तै,विहिवार नै हेटौंडा-५ सानोपोखरा चोकस्थित एक चिया पसलबाट भीमफेदी गाउँपालिका घर भई चिया पसल संचालन गरी बस्ने वर्ष ४२ की सरस्वती मुक्तान,सोही ठाउँका १९ वर्षिय रोजन मुक्तान र भारतको मोतीहारी बस्ने वर्ष २३ को सुल्तान खानलाई १८८ क्याप्सुल लागूऔषध ट्रामाडोल र ५० ग्राम गाँजासहित नियन्त्रणमा लिईएको हो।

चिया पसलबाट बरामद लागूऔषध।

उक्त चिया पसलमा लागूऔषध कारोबार भईरहेको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले उनिहरुको शरीर तथा चिया पसलमा समेत खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको डिएसपी अर्यालले बताए।

उनिहरुलाई जिल्ला अदालत हेटौंडाबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको छ।

यसैगरी,शुक्रवार विहान साँढे ११ बजेको समयमा हेटौंडा-२पुरानो मनकामनापथस्थित डेरा कोठा गरी बस्ने २१ वर्षिय अंकित दोङलाई १११ ट्याबलेट नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोलसहित नियन्त्रणमा लिईएको हो।

दोङको कोठाबाट बरामद लागूऔषध।

डिएसपी अर्यालका अनुसार दोङ्लाई पनि विशेष सूचनाका आधारमा उनको कोठा खानतलासी गर्दा उक्त लागूऔषधसहित नियन्त्रणमा लिई जिल्ला अदालत हेटौंडाबाट लागूऔषध मुद्धामा ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय