मंसिर २६,हेटौंडा। मकवानपुरमा हिजो मंगलवार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ।

मनहरी गाउँपालिका-६ चौकीटोलस्थित पूर्व-पश्चिम सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट पहिचान नखुलेका एक पौदलयात्री र हेटौंडा-१९ वस्तिपुरमा अटोको ठक्करबाट अर्का पैदलयात्री मनहरी-३ सुकौराका अन्दाजी ४२ वर्षिय मनोज लामाको मृत्यु भएको हो।

मंगलवार राती साँढे १० बजे वीरगंजबाट काठमाण्डौतर्फ
जाँदै गरेको बा.प्र.०१-००६ ख ५५२४ न.को यात्रुवाहक बसले पहिचान नखुलेको अन्दाजी ३५/४० बर्षका पुरुषलाई ठक्कर दिएको थियो।

उपचारका लागी हेटौंडा अस्पताल पुर्याईएका उनको राती ११ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालक बाराको जितपुरसिमरा उपमहानगरपालिका -२ बस्ने बर्ष ५८ का उद्धव गिरी प्रहरी नियन्त्रणमा रहेका छन्।

यस्तै मंगलवार साँझ ६ बजे वस्तिपुरतर्फबाट मनहरीतर्फ जादै गरेको बा.प्र.०३-००१ ह ०२५१ नम्बरको अटोले पैदल यात्री लामालाई ठक्कर दिई घाईते बनाएको थियो।

घाईते लामाको पनि उपचारकै क्रममा राति ११ बजेर १० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

अटो र चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय