भदौ ४,हेटौंडा। नेवा सांस्कृतिक पुचः हेटौंडाले यसवर्ष पनि हेटौंडामा गाईजात्रा पर्व मनाएको छ । नेवा सांस्कृतिक पुचः ले  लाखे नाच तथा नेवारी बाजागाजासहित सामूहिक गाईजात्रा निकालेको होे। हेटौंडाको कृष्ण मन्दिरबाट निकालिएको गाईजात्रा बजारका विभिन्न स्थान परिक्रमा गरी भुटनदेवी मन्दिर परिसरमा पुगेर समापन गरिएको थियो ।
यस वर्ष हेटौंडाका ४२ परिवार सामुहिक गाईजात्रामा सहभागी भएको नेवा सांस्कृतिक पुचः मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरले जानकारी दिए ।
यस वर्ष विगतका वर्षहरुको तुलनामा गाईजात्रा निकाल्ने परिवार कम भएको उनको भनाई छ । हेटौंडामा २०६४ सालदेखि सामुहिक गाईजात्रा निकाल्दै आएको पुचः का अध्यक्ष मानन्धरले बताएका छन्। गाईजात्राको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने आमविश्वास रहिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय