भदौ ६,हेटौंडा।मकवानपुरको मनहरीमा भैंसिले एउटा बाघ मारेको छ। बाघको आक्रमणबाट भैंसी घाईते भएको छ।मकवानपुर प्रहरीका अनुसार बिहीवार बिहान सवा ३ बजेको समयमा मकवापुरको मनहरी गाउँपालिका-६ प्रतापुर बस्ने बलबहादुर राईको गोठमा रहेको भैसीलाई आक्रमण गर्न आएको उक्त बाघ भैंसिको प्रत्याक्रमणमा मरेको हो।
घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीको टोलि र पर्सा बन्यजन्तु आरक्षण सुरक्षार्थ खटीएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली खटी गई हेर्दा बाघ बुढो रहेको र भैंसिले हान्दा उक्त बाघको मृत्यु भएको जस्तो देखीएको बताईएको छ।

गोठमा मृत फेला परेको बाघ र घाईते भैंसी ।

स्थानियका अनुसार घाईते भौंसिको जिउभरी घाउ देखिएको छ भने मृत बाघको बाहिरी शरिरमा कुनै चोटपटक लागेको छैन। बाघ के कारणले मरेको हो भन्ने विषयमा अनुसन्धान भैरहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

घटना भएको क्षेत्र चितवन राष्ट्रिय निकुन्जको पर्ने भएकाले आज बिहान करिब सवा ६ बजे चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटीएको नेपाली सेनाको टोलीले उक्त मृत बाघ लिई गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय