भदौ ६,हेटौंडा।मकवानपुरको हेटौंडामा धारिलो हतियार प्रहारबाट एक बृद्ध घाईते भएका छन्।घाईते हुनेमा हेटौंडाको चाईना क्वार्टर बस्ने ७१ वर्षिय प्रेमबहादुर कार्की छन्।कार्कीलाई हेटौंडा-१३ पदमपोखरीका ५३ वर्षिय अर्जुन गोम्जाले धारिलो हतियार दाउ प्रहार गरि घाईते बनाएका हुन्।मकवानपुर प्रहरीका अनुसार बिहीवार करिब १२ बजेको समयमा हेटौंडा बसपार्कस्थित बीरगंज बस काउन्टर नजिकै कार्की र गोम्जाबिच सामान्य विवाद हुँदा गोम्जाले धारिलो हतियार दाउ प्रहार गरेका थिए।
दाउ प्रहारबाट कार्कीको दायाँ कानमा गहिरो चोट लागेको र उनको हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवनस्थित पुरानो मेडिकल रेफर गरिएको प्रहरीले जनाएको छ।
गोम्जालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले दाउसहित नियन्त्रणमा लिएको जनाएको छ।



