असोज १७,हेटौंडा। मकवानपुरको पिप्ले युवा क्लबले बडा दशैंको अवसरमा आजबाट खसीकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ।
क्लबका अध्यक्ष सुबिन घिमिरेले हरेक वर्ष खसी कप प्रतियोगिता गर्दै आईरहेकोमा यसपालि पनि निरन्तरता दिईएको बताए।
यस वर्ष ३० औँ संस्करणको खसी कप हुन लागेको अध्यक्ष घिमिरेले समाचार क्लबलाई जानकारी गराएका छन्।
प्रतियोगितामा ११ ओटा टिम सहभागी छन्।
हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज हुने उद्घाटन खेल पिप्ले सुपर भेट्रान्स र पिप्ले युथ एकेडमीबिच दिउँसो ३ बजे हुनेछ।
असोज २२ गते समापन हुने प्रतियोगिताको बिजेता टिमले ३० केजिको खसी र उपबिजेता टिमले २० केजिको बोका उपहारस्वरुप प्राप्त गर्ने आयोजकले जनाएको छ।त्यस्तै प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना र प्रतियोगिता भर सबैभन्दा धेरै गोल गर्ने एकजना खेलाडीलाई एक/ एक ओटा लोकल कुखुराको भाले दिईने आयोजकले जनाएको छ।



