असोज ३०,सुर्खेत। प्रहरीले १५ हजारमा युवती बेच्ने एक जनालाई २४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार विष्टले साविक गुटु गाविस–८, की २१ वर्षीय नामसरा देवी कँडेललाई ०५७ साल असोजमा विवाहको प्रलोभन देखाएर भारतमा लगेर बेचेका थिए ।
भारतको गोरखपुरमा एक अपरिचित भारतिय नागरिकलाई उनले १५ हजारमा बिक्री गरेको डिएसपी विश्वकर्माले बताएका छन्। नामसरा देवीलाई बिक्री गरेको विषयमा ०५८, मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायरमा गरिएको थियो । तर विष्ट लामो समयदेखि फरार थिए । हिजो मंगलवार गुटुकै एरियाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय