कार्तिक २,हेटौंडा। सर्वोच्च अदालतका उप-रजिस्ट्रार गोविन्द घिमिरेलाई आफुले भारतीय नम्बरबाट फोन गरी धम्क्याएको भन्ने समाचारप्रती राजकुमार तिमल्सिनाले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
उनले बिहिवार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै कानुनभन्दा माथि कोही हुन्न भन्ने कुरामा आफु पूर्णरुपमा जानकार भएको र षड्यन्त्रकारीहरूले अनेक दबाब दिन,जालझेल गर्न र आफ्ना कर्तुत लुकाउन समाचारको माध्यमबाट म माथि षड्यन्त्र रचेको बताएका छन्। उनको स्टाटस जस्ताको तस्तै तल राखिएको छ।

आदरणीय देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार🙏
आज एउटा कथित मिडियामा सर्वोच्च अदालतका उप-रजिस्ट्रार गोविन्द घिमिरेले, वहाँलाई भारतीय नम्बरबाट फोन गरी धम्क्यायो भन्दै शान्ति सुरक्षाका लागि निवेदन दिनुभएको समाचार सम्प्रेषण भएको सन्दर्भमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।
शान्ति सुरक्षाका लागि निवेदन दिनु राम्रो हो। कोही कसैले पनि त्रासदीपूर्ण वातावरणमा काम गर्न सक्दैन। तर तपाईंका केही मान्छेले हामीलाई दिएका धाक धम्की र त्रासहरू के हुन्? जसको कारण मैले भोगेको पीडालाई मेरो फेसबुक पेजमा राखेको थिएँ। त्यो बाहेक तपाईंलाई कसैले धम्की दिएको छैन। तपाईंको मोबाइल नम्बर सर्वोच्च अदालतको वेबसाइटमै छ। तपाईं आफैँले शक्तिशाली व्यक्तिहरूका विरुद्ध निवेदन दर्ता गराई फिर्ता लिएपछि कथित अदालत पक्षकै केही व्यक्तिहरूले तपाईंलाई हाम्रो नाम लिएर धम्क्याएका हुन सक्दछन्। यसमध्येका केही व्यक्तिहरू तपाईं आफैले पनि समयमै चिन्नुहोला।

अर्को कुरा, तपाईं कथित राजनीतिज्ञ र भ्रष्टहरूको जञ्जालमा रहनुभएको कुरा यस समाचारबाट पुष्टि हुन्छ।
हामी कानुन मान्छौं, कानुनभन्दा बाहिर गएर अहिलेसम्म कोही कसैलाई पनि कुनै काम कारबाही गरेको छैनौं र गर्दैनौं पनि।
सम्मानित सर्वोच्च अदालतले गरेको डार्क फाइल र सिधा कुरा प्रकरणको फैसलालाई म सम्मान गर्छु, केही मेरा व्यक्तिगत तथा सांगठनिक कामहरू सम्बन्धित साथीहरूलाई जिम्मा लगाएपछि, म आफैँ अदालत समक्ष आएर कारागार जानेछु।

कानुनभन्दा माथि कोही हुँदैन भन्ने कुरामा म भलिभाँती जानकार छु। तर कथित षड्यन्त्रकारीहरूले हामीलाई अनेक दबाब दिनका निम्ति, जालझेल गर्न, साथै उनीहरूका कर्तुत लुकाउन म माथि षड्यन्त्र गर्दैछन्। मैले गत असोज १५ गते नै उप-रजिस्ट्रार गोविन्द घिमिरेविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्नका लागि सम्पत्ति शुद्धीकरण विभाग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रितपुर्वक मुद्दा दर्ता गरिसकेको र सोको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई समेत दिइसकेको अवस्थामा, मैले मेरा प्रतिवादीहरूसँग कुनै पनि प्रकारका भेटघाट, छलफल, टेलिफोन कल वा एसएमएस केही गरेको पनि छैन र गर्नु पनि हुँदैन, प्रतिवादी सङ्ग यस्ता हर्कत गर्नु गैरकानुनी कानुन हुन्छ भन्ने पनि म राम्रोसँग बुझ्दछु।

त्यसैले, उहाँले जसरी आरोप लगाउनुभएको छ, ती सबै नम्बरहरूको आफ्नै मोबाईलमा भएको कल रेकर्ड, नभए नेपाल टेलिकमबाट उहाँको नम्बरमा आएको कलको स्क्रिप्ट निकाल्न मिल्छ, निकालेर कलमा भएका वार्तालापको स्क्रिप्ट सार्वजनिक गराउनको लागि अनुरोध गर्छु। हैनभने, कथित व्यक्तिहरूका प्रभाव र दबाबमा परेर उहाँले म माथि जसरी आरोप लगाउनुभएको छ, ती आरोप प्रमाणित गर्नको लागि म चुनौती दिन चाहन्छु।

हामी त कानुन मानेर, कानुनबाट नै देशका भ्रष्टाचारी र तस्करहरूलाई कारबाही गराउनुपर्छ भनेर आवाज उठाएर हिँडिरहँदा हामीमाथि यसरी षड्यन्त्र रचिन्छ भने, एक दिन सत्यमा रहेको शक्तिको अवश्य जित हुन्छ भन्ने देखाउन चाहन्छौं। हामी जित्छौं! भ्रष्ट तस्कर, दलाल, बिचौलिया र माफियाहरूलाई हराउँदै एक दिन सत्ता, शक्ति र कुर्सीबाट थुतेर बाहिर निकाल्छौं। तर, तपाईंले जुन आरोप लगाउनुभएको छ, गोविन्द सर, त्यसको कल डिटेल सहित रेकर्ड पनि सार्वजनिक गर्नुहोस्। हामी तपाईंलाई हैन, तपाईंहरूलाई काम लगाउने मालिकलाई कारबाही गराउन लागि परेका छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय