कार्तिक ३,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा एक महिलामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । ५० वर्षीया पीडितको जाहेरीका आधारमा उनको श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार पीडित महिलाको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बिहिबार राती ९ बजेको समयमा महिलामाथि सामूहिक बलात्कारको घटना भएको प्रहरीले जनाएको हो ।प्रहरीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षणको प्रारम्भिक प्रतिवेदनमा महिलामाथि सामूहिक बलात्कार भएको पुष्टि हुने अवस्था छ ।
हिजो पीडितको उजुरीपछि प्रहरीले ६० वर्षीय श्रीमानलाई पक्राउ गरी ५ दिनको म्याद थप गरेर हिरासतमा राखेको छ । प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ ।



