कार्तिक ३, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि उनको समर्थनमा देशव्यापीरुपमा प्रदर्शन भएका छन् । लामिछाने हिजो शुक्रवार साँझ काठमाण्डौस्थित पार्टी कार्यालयबाट पक्राउ परे लगत्तै रास्वपा समर्थकहरुले शनिवारसम्म निरन्तर प्रदर्शन गरेका हुन् ।

लामिछाने पक्राउको विरोधमा रास्वपाका नेता कार्यकर्ताहरुले आज शनिवार काठमाण्डौ,पोखरा,नुवाकोट, भैरहवा,कन्चनपुर,बीरगंज र बाराको कलैया लगायतका स्थानमा व्यापक प्रदर्शन गरेका छन् ।वीरगन्जमा रास्वपाका नेता कार्यकर्ताहरूले नेपाल सरकार म¥यो भन्दै सरकारको शव यात्रा पनि निकालेका थिए।

त्यस्तै बाराको कलैयामा पनि लामिछाने पक्राउको विरोधमा शनिवार प्रदर्शन भएको संस्थापक जिल्ला सभापति चन्दन स्वर्णकारले जानकारी दिएका छन् ।

प्रदर्शनमा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा,बारा जिल्ला उपसभापति एवं कार्यवाहक सभापति श्रीभगवान कुशवाह,निजगढ नगरका सभापति रामहरी खरेल लगायत जिल्लाका सबै स्थानिय तह कमिटिका नेता कार्यकर्ताहरुकोे सहभागिता रहेको थियो।
प्रदर्शशनकारीहरुले सरकारको रवैयाविरुद्ध चर्कोे विरोध गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय