कार्तिक ११,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्सि मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले पर्सि दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने जानकारी दिएको हो । सभापति रवि लामिछानेलाई सहकारी अपचलन र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले देशव्यापीरुपमा प्रदर्शन गर्दै आएको छ ।
अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा उपसभापति डिपी अर्यालले जानकारी दिए ।



