कार्तिक १२,हेटौंडा । यस वर्षको यमपञ्चक अर्थात नेपालीको दोस्रो ठूलो चाड तिहार भोली मंगलवारबाट सुरु हुँदैछ ।

मंगलवार धनत्रयोदशी अर्थात (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान पनि भोली मंगलवार परेको छ भने कागतिहार पनि मंगलवार नै मनाउनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

त्यस्तै आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि भोली मंगलवार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा १५ गते मनाउनुपर्ने जनाएको समितिले १६ गते औँशीको दिन भने तिहारको कुनै पर्व नपरेकोे जारीे विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ परेको छ भने १८ गते आइतबार बिहान ११ः ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय