कार्तिक १६,बारा, सिंगौल। रौतहटमा जंगली हात्तिको आक्रमणबाट एक बृद्दाको ज्यान गएको छ।जिल्लाको पश्चिम उत्तरी भेगमा अवस्थित फतुवा विजयपुर–११  बुट्वा राङि गाउँमा आज  बिहान  आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा  ७० वर्षिया पातली तामाङको मृत्यु भएको हो ।

हात्तीले मृतकको घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको रौतहट प्रहरीले जनाएको छ।

जङ्गली हात्तीले एक्कासि घर माथि आक्रमण गर्दा मृतककी श्रीमानले भने भागेर ज्यान बचाएका थिए । हात्तीले छिमेकीको अर्को एउटा घरमा पनि क्षती पुर्याएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय