मंसिर २,काठमाण्डौ। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । उनको आज आईतवार उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाईन अस्पतालमा निधन भएको हो । ढुंगाना क्यान्सर रोगसँग लडिरहेका थिए ।

आज बिहान स्वास्थ्यमा समस्या देखिए पछि ढुंगानालाई परिवारका सदस्यले अस्पताल पुर्याएका थिए । अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा ढुंगानाको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय