मंसिर ७,हेटौंडा। मकवानपुरको हेटौंडा-१५ स्थित चुरियामाई मन्दिर नजिकै पुर्व पश्चिम सडक खण्डमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन्। एकजना बालिकाको अवस्था गम्भीर रहेको छ।
शुक्रवार बिहान सवा ९ बजे वीरगंजबाट पोखरा जाँदै गरेको ग२ख १६२१ नम्बरको बसको ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टी दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ।
बसमा सवार १८ यात्रु मध्ये चालकसहित १७ जना घाईते भएका र घाईतेहरुको उद्धार गरी उपचारार्थ हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ।
प्रहरीले उपलब्ध गराएको उपचाररत घाईतेहरुको विवरण :
१.जिल्ला बारा कलैया उ.म.न.पा. २३ बस्ने बर्ष ३२ को सुरेन्द्र शर्मा शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
२. देश भारत हाजियापुर बस्ने बर्ष ४१ को रन्जनकुमार शिङ शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
३. जिल्ला बारा पर्सौनी गा.पा. ३ बस्ने बर्ष ९ की जोनीशाकुमारी ठाकुर टाउकोमा चोट अवस्था गम्भिर ।
४. जिल्ला पर्सा घर भएकी बर्ष १६/१७ की रमिता चौधरी टाउकोमा चोट अवस्था मध्यम ।
५. ऐ.ऐ. बर्ष अं. ३ की निकिता चौधरी शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
६. ऐ.ऐ. बस्ने ११ की अमिता चौधरी शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
७. जिल्ला बारा कलैया उ.म.न.पा.३ बस्ने अलोक ठाकुरको १८ महिने छोरी,शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
८. ऐ.ऐ. बस्ने वर्ष अं. २८ की अन्जु ठाकुर शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
९. ऐ.ऐ. बस्ने बर्ष अं. १८ की रन्जना ठाकुर शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम।
१०. जिल्ला चितवन भरतपुर म.न.पा. ९ बस्ने बर्ष अं.४ का बद्रिप्रसाद पैडेल शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
११. देश भारत घर भएका बर्ष अं. २४ को इन्जमान खान टाउकोमा चोट अबस्था मध्यम ।
१२. ऐ.ऐ. बस्ने वर्ष अं. २३ को आर्यव खान निधारमा चोट अबस्था मध्यम ।
१३. जिल्ला कैलाली ३ बस्ने बर्ष ३५ की सिमा चौधरी शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
१४. जिल्ला बारा पर्सैनि गा.पा. ३ बस्ने बर्ष ७ की जेस्मी ठाकुर नाक र टाउकोमा चोट अवस्था मध्यम ।
१५. जिल्ला स्याङजा घर भएका बर्ष अं. ५२ को भीमबहादुर रेग्मी टाउकोमा चोट अबस्था मध्यम ।
१६. जिलल् बारा पर्सौनी बस्ने शुनिल ठाकुरको छोरी अं. बर्ष ५ की रिया ठाकुर अवस्था सामान्य।
१७. देश भारत बिहार पट्ना बस्ने बर्ष अं. २५ की अल्कामा युसुफ घाटीमा चोट अवस्था सामान्य।



