मंसिर ७,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्लाबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले रविविरुद्ध पक्राउ पुर्जी जारी गर्न अनुमति दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक लक्ष्मण केसीले रविसँगै पूर्वडीआईजी छविलाल जोशी लगायत अन्य १० जनाविरुद्ध पुर्जी जारी भएको जानकारी दिएका छन्।

चितवनको साहारा सहकारी पीडीतहरुको जाहेरी पछि छानबिनका लागि पक्राउपुर्जी जारी भएको केसिले बताए। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई यसअघि रुपन्देहीबाट पनि पक्राउ पुर्जि जारी भएको थियो।

रुपन्देहीमा बयान दिएर पुनः कास्की फर्काईएका लामिछानेलाई काठमाडौ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय