मंसिर ७,काठमाडौ। काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।
काठमाडौँ महानगरले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गराएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएको हो।
महानगरले एमालेलाई कार्यक्रमस्थलमा फोहोर गरि वातावरण प्रदुषित गराएकोले फोहोर मैला व्यवस्थापन ऐन २०६८ र महानगरको आर्थिक ऐन २०८१ बमोजिम रु एक लाख रुपैयाँ जरिवाना गराईएको बेहोराको पत्र काटेको छ।
एमालेले आज शुक्रबार काठमाडौ महानगरपालिका-१ स्थित दरबारमार्गमा जागरण सभा कार्यक्रम आयोजना गरेको थियो।



