मंसिर ८,बारा। जिल्ला प्रशासन कार्यालय बाराले गढिमाई मेलामा पशुबली दिने मारकले खुल्लारुपमा हतियार प्रदर्शन गर्न रोक लगाएको छ।
जिल्ला प्रशासनले एक सूचना जारी गरी मेलामा पशुबलिका लागी मार हान्न प्रयोग गरिने हातहतियार खुल्लारुपमा प्रदर्शन गर्न नपाईने उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा पशुबलीमा प्रयोग गरिने तराबार,खुँडा,खुकुरी र चक्कुलगायतका हातहतियार खुल्लारुपमा प्रदर्शन गरि दर्शनार्थीलाई आतंकित पार्न नहुने उल्लेख छ।
निर्देशनको अवज्ञा गरे कानुन बमोजिम कार्वाही हुने जनाईएको छ। यस्तै मेला परिसरमा ड्रोन उडाउन पनि रोक लगाईएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिएका छ्न्।
हरेक ५ वर्षमा १ महिनासम्म लाग्ने गढिमाई मेला यो वर्ष मंसिर १ गतेदेखी लागिरहेको छ।



