मंसिर ९,काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी एमालेले काठमाडौँ महानगरपालिकाले तोकेको १ लाख जरिवानाको पत्र बुझ्न अस्विकार गरेको छ ।
पत्र लिएर आईतवार एमाले पार्टी कार्यालय पुगेको महानगरको टोलीसँग पत्र बुझ्न अस्वीकार गरिएको हो । एमाले पार्टी कार्यालयमा रहेका व्यक्तिहरुले आफूहरु उक्त कार्यक्रममको आयोजक नभएको भन्दै पत्र बुझ्न नमानेका हुन् ।
अस्ति ७ गते दरबारमार्गमा आयोजना गरेको जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई १ लाख रुपैयाँ जरिवानाको पत्र काटेको थियो।



