मंसिर ९,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
न्यायाधीश भीमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कास्की प्रहरीले लामिछानेलाई आज पाँचौ पटक म्याद थपका लागि जिल्ला अदालत कास्कीमा पेश गरेको थियो ।
बहसका क्रममा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनु पर्ने भन्दै समय माग गरेको थियो ।
लामिछानेतर्फका अधिवक्ताहरूले लामिछानेलाई हिरासतमा राख्नु पर्ने कुनै आधार नभएको भन्दै हिरासत मुक्त गर्न माग गरेका थिए।
लामिछानेका तर्फबाट नारायण घिमिरे, डा.नारायणदत्त कंडेल, मेघराज पोखरेल, र हरि सुवेदीले बहस गरेका थिए ।



