मंसिर १०,हेटौंडा। मकवानपुरमा स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रासहित ३ जना भारतिय नागरिक पक्राउ परेका छ्न्।

भारतको उत्तर प्रदेश जालौन जिल्ला बस्ने बर्ष ४० का बिजयसिंह कुशवाह, गोरखपुर जिल्ला बस्ने बर्ष २६का प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने बर्ष ३२का राहुलकुमार माण्डावत स्रोत नखुलेको अमेरीकी डलर र युरोसहित पक्राउ परेका हुन्।

प्रहरीले कुश्वाहको साथबाट १२ हजार र माण्डावतको साथबाट बीस हजार अमेरीकी डलर तथा पाठकको साथबाट चौध हजार युरो बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले जानकारी दिएका छ्न्। बरामद विदेशी मुद्रा आजको नेपाली भाउ अनुसार बैसठ्ठी लाख नब्बे हजार पैतिस रुपैयाँ हुन आउँछ।

आईतवार पौने ३ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा-१ चौकीटोल स्थित प्रहरी चेकपोईन्ट अगाडी काठमाण्डौबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०७६५ नं. को यातत्रुवाहक EV माईक्रो बसमा आएका उनिहरुसँग स्रोत नखुलेको बिदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीका लागी राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय