मंसिर ११,काठमाडौ। विश्वकै सर्वश्रेष्ठ धन्याढ्य एलन मस्कले २०२४ को अन्त्यमा टेस्ला पाई मोबाइल फोनहरू लन्च गर्ने भएका छन्।
उक्त मोबाइल फोनमा अन्य कुनैपनी मोबाईल फोनमा नभएका दुईवटा विशेष सुविधाहरू हुने जनाईएको छ।

यो मोबाइल सुर्यको तापबाट स्वचालितरुपमा चार्ज हुने भएकाले बिद्ध्युतीय चार्जिङको आवश्यकता नपर्ने बताईएको छ। यो खल्तीमा भए पनि चार्ज भईरहन्छ।
त्यस्तै टेस्ला मोबाइललाई इन्टरनेट जडानको आवश्यकता पनि नपर्ने जनाईएको छ। यसले टेस्लाको इन्टरनेट स्टारलिंक स्याटेलाइटसँग काम गर्छ।
त्यसैले यो मोबाइल अन्य इन्टरनेटसँग कनेक्स्सन नगरे पनि काम गरिरहनेछ।यो फोन पृथ्वीको अलावा चन्द्रमा र मंगल ग्रहमा समेत चल्ने जनाईएको छ।




