मंसिर१३,हेटौंडा। मकवानपुरमा कुटपिटबाट आफ्नै साथिको हत्या भएको छ। मनहरी गाउँपालिका-६ स्थित प्रतापुर लच्का बस्ने ५० वर्षीय जितबहादुर मोक्तानको उनको साथिले प्रहार गरेको सावेलले लागी ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ३४ वर्षिय अम्मरबहादुर लोप्चनले बिहिवार बिहान साँढे १ बजे आफ्नै घरमा सुतेका मोक्तानलाई सावेल प्रहार गरि घाईते बनाएका थिए।

उनिहरु सँगै मजदुरी गरी हिँड्ने र प्राय जसो दुबैजना अमर बहादुरको घरमा सुत्ने गरेको पाईएको प्रहरीले जनाएको छ।

सावेल प्रहारबाट घाईते बनेका मोक्तानलाई उपचारका लागी भरतपुर सरकारी अस्पताल चितवन पठाईएकोमा उनको उपचारकै क्रममा बिहान ३ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिट गर्ने अमरबहादुरलाई सावेलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय