मंसिर १३,हेटौंडा।हेटौंडामा घरको दुई तला माथीबाट खसेर एकजना मिस्रीको ज्यान गएको छ।

हेटौंडा-१३ पदमपोखरीका ४१ वर्षिय जस्ताको काम गर्ने मिस्री सबिन दुलालको दुई तला माथीबाट खसेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

दुलाल विहिवार दिउँसो २ बजे हेटौंडा-४ नेपालचोक स्थित युवराज बिडारीको घरमा जस्ता लगाउने क्रममा खसेर गम्भीर घाईते भएका थिए।

प्रहरीका अनुसार टाउको र शरिरका बिभिन्न भागमा चोट लागेका दुलाललाई घरधनी बिडारीले उपचारका लागी हेटौडा अस्पताल पुर्याएका थिए।

त्यहाँबाट थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर पुर्याईएका दुलालको उपचारकै क्रममा साँझ ७ बजेर ३ मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ। शव हाल सोही अस्पतालमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय