मंसिर१४,हेटौंडा।वागमती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले युवा क्लबले १५ वर्ष मुनिका खेलाडीहरुबिच `८´ ए साईड वडाध्यक्ष कप फुटबल च्याम्पियनसिप आयोजना गर्ने भएको छ।

“राष्ट्रिय खेलाडी बन्ने होड,उत्पादनमा जोड” भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सुबिन घिमिरेले जानकारी दिएका छन्।

क्लबले खेलाडी उत्पादन गर्ने हेतुले एकेडेमी संचालन गरि किशोर खेलाडीहरुलाई नियमित प्रशिक्षण पनि गराईरहेको छ।

हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा आगामी मंसिर २७ देखि ३० गतेसम्म संचालन गरिने प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने घिमिरेले अनुमान गरेका छन्।

हेटौंडा वडा नम्बर ५ कार्यालयको मूख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेता टिमलाई नगद ५० हजार र उपविजेता टिमलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

साथै विधागततर्फ उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, फर्वाड र टिम प्रशिक्षकलाई जनही ३ हजार ५ सय र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय रुपैयाँ प्रदान गरिने पनि आयोजकले जनाएको छ।

टिम दर्ताका लागी ४ हजार रुपैयाँ शुल्क तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय