मंसिर १४,हेटौंडा।हेटौंडा-६ स्थित चौघडामा शुक्रवार बिहानै अटोको ठक्करबाट एक पैदलयात्री गम्भीर घाईते भएका छन्।

बिहान सवा ६ बजे चौघडाबजार स्थित कान्तिलोकपथ सडक खण्डमा हेटौंडा बजारबाट चुच्चेखोला तर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले पदैलयात्री शान्तिटोल बस्ने बर्ष ६८ का जनक राईलाई ठक्कर दिएको हो।

उनको टाउको र शरिरको बिभिन्न भागमा गम्भीर चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ।

उनलाई हेटौंडा अस्पतालबाट थप उपचारका लागी चितवनस्थित पुरानो मेडिकल कलेज,भरतपर रिफर गरिएको छ।
अटो चालक बारुते बस्ने ३१ वर्षिय शंकर सार्की प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय