मंसिर १४,हेटौंडा। मकवानपुरमा करेन्ट लागी एक युवाको ज्यान गएको छ। एक महिला घाईते भएकी छिन्।
मनहरी गाउँपालिका- ८ दारिमबास बस्ने ३८ वर्षिय मंगलसिंह प्रजाको करेन्ट लागेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
शुक्रवार बिहान दारीमबासबाट मनहरी बजारतर्फ आउने बाटोमा भुइँमा लत्रेको ११ हजार भोल्टको हाईटेन्सन तारमा करेन्ट लागी प्रजा मृत अवस्थामा लडेको भेटिएको प्रहरीले जनाएको हो।
बिहान साँढे ७ बजे सोही ठाउँकि ४० वर्षिया इन्द्रमाया मगरलाई लत्रेको तारको झट्का लागेपछी वरिपरि हेर्दा ५० मिटर जति पूर्वतर्फ प्रजा मृत भेटिएका प्रहरीले जनाएको छ।
मगर भने करेन्टको झट्काले सामान्य घाईते भएकी छिन्।
मृतक प्रजा बिहान ४ बजे ज्यामी काम गर्न घरबाट निस्केको भन्ने भुझिएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ।



