मंसिर१४,हेटौंडा।हेटौंडामा अटोको ठक्करबाट घाईते भएका जनक राईको मृत्यु भएको छ।

ठक्करबाट टाउको र शरिरको बिभिन्न भागमा गम्भीर चोट लागेका राईलाई हेटौंडा अस्पतालबाट थप उपचारका लागी चितवनस्थित पुरानो मेडिकल कलेज,भरतपुर रिफर गरिएकोमा उनको उपचारका क्रममा त्यहीँ मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

शुक्रवार बिहान सवा ६ बजे चौघडास्थित कान्तिलोकपथ सडक खण्डमा हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नम्बरको अटोले शान्तिटोल बस्ने बर्ष ६८ का राईलाई ठक्कर दिएको थियो।
अटो चालक बारुते बस्ने ३१ वर्षिय शंकर सार्की प्रहरी नियन्त्रणमा रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय