मंसिर १४,हेटौंडा। मकवानपुरमा भिरबाट लडेर एकजना गम्भीर घाईते भएका छन्। घाईते हुनेमा राक्सिराङ गाउँपालिका-१ का ५६ वर्षिय पुड्के मोक्तान छन्।

मोक्तान शुक्रवार अपरान्ह साँढे ४ बजेको समयमा गाउँपालिका-१ स्थित सानो भावरचोकबाट आफ्नो घर‌ सानोभावरतर्फ जाने क्रममा भिरबाट लडि घाईते भएका मकवानपुर प्रहरीले जनाएको छ।

भिरबाट करिब ६०/७० मिटर तल खसेर घाईते भएका मोक्तानलाई स्थानीयले उद्दार गरी उपचारार्थ हेटौडा अस्पतालतर्फ ल्याउँदै गरेको प्रहरीको भनाई छ।

शरिरको बिभिन्न भागमा चोट लागेका मोक्तानको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय