चैत्र२३,सिंगौल। नेकपा एमाले,निजगढ नगर २ नम्वर वडा कमिटीको अध्यक्षमा दिनेशप्रसाद चौलागाईं चयन भएका छन्।

शनिवार सिंगौलस्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशनबाट चौलागाईं नेतृत्वको १७ सदस्यीय वडा कमिटी गठन भएको हो।

उपाध्यक्षमा पवित्रा आचार्य,सचिवमा अमर थिङ,उप-सचिवमा अञ्जली थापा र गोपिनि दर्लामीलगायत १७ सदस्यीय कमिटी गठन भएको छ।

यस अघि १,४ र ८ नम्वर वडाअधिवेशन तथा ५ र ११ को वडाभेला सम्पन्न गरिसकेको नगर सचिव तिलक घलानले जानकारी दिए।

जनतालाई पार्टिसँग प्रत्यक्ष जोड्न र नेतृत्वले अवलम्बन गरेको रणनीतिलाई तल्ला तहसम्म पुर्याउन भन्दै एमालेले जरा अभियान सञ्चालन गरेको हो।

गत पुस २१ गते बसेको पार्टिको केन्द्रिय कमिटी बैठकले यो अभियान ३ महिनासम्म सञ्चालन गर्ने निर्णय गरेको थियो।
सोही अभियान अन्तर्गत निजगढका वडाहरुमा अधिवेशन गरिएको घलानले बताए।

एमालेले यसअघि ग्रासरुट,मध्यपहाडी लोकमार्ग अभियान सञ्चालन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय