चैत्र२५,रुपन्देहि। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निवर्तमान सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ।
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत शुक्रवार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
सो आदेशपश्चात घरबाटै गिरफ्तारी दिएका उनलाई सोमवार रुपन्देही अदालतमा पेश गरिएको थियो ।
अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई भैरहवा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
तीन दिन न्यायिक हिरासतमा राखेर उनलाई कारागार चलान गरिएको हो ।



