चैत्र२७,काठमाडौ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई गिरफ्तार गर्ने क्रममा प्रहरीले ज्यादती र मानव अधिकार हनन् गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गर्ने भएको छ।

पार्टिको तर्फबाट अहिले केहिबेरमा लामिछानेको मानव अधिकार रक्षार्थ निवेदन दिने तयारी भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

गत शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल ईजलासले लामिछानेलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश दिए लगत्तै कुनै कानुनी प्रक्रिया पूरा नगरी प्रहरी लामिछानेको घरमै पुगि अस्वभाविक हर्कत गरेको थियो।

लामिछानेलाई पक्राउ गर्न पुगेका प्रहरी अधिकृतहरुले उनको अन्तिम ईच्छा के हो? सोध्नु भनेका थिए।

बिना कागजात लामिछानेको बेडरुममै पुगेको प्रहरीले त्यहिँ पुगेर पक्राउ पुर्जी काटेको थियो। लामिछाने हाल रुपन्देही जिल्ला कारागारमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय