बैशाख४,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुनमा केन्द्रिय महाधिवेशन गर्ने टुँगो लगाएको छ।

विहिवार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको  हो।

बैठकले आगामी फागुन ७,८र ९ गते चितवनमा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

बैठकले आगामी आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन र माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरि  फागुन ७ ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको हो।

कार्यवाहक प्रवक्ता झाका अनुसार पार्टीको सातवटै प्रदेश समिती गठन,७० वटा जिल्ला भेला,४सय ५८ पालिका भेला,१९ सय७५ वडा समिति र ७ सय वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ।

यसअघि पार्टीको गत असोज १ र २ गते बसेको राष्ट्रिय भेलाले यहि बैशाख २५,२६ र २७ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो।

तल्लो तहमा निर्वाचित कार्यसमिति गठन हुन नसकेका कारण पूर्वघोषित कार्यतालिका अनुसार निर्धारित समयमा महाधिवशेन हुन नसकेको बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय