बैशाख४,काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सातवटै प्रदेशको ईन्चार्ज तोकेको छ। विहिवार बसेको पार्टी केन्द्रीय समिति बैठकले सबै प्रदेश ईन्चार्ज तोकेको हो।
प्रादेशिक कमिटीहरूलाई सशक्त बनाउँदै जिल्ला कमिटीहरुलाई अझै सक्रिय बनाउने उद्देश्यले प्रदेश ईन्चार्ज तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकले कोशी प्रदेशमा सन्तोष परियार,मधेसमा मनिष झा,वागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिनकुमार आचार्य,कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा हरि ढकाललाई ईन्चार्ज तोकेको छ।
यस्तै आजै बसेको बैठकले पार्टीको ‘जनयात्रा’ अभियानको कार्यविधी पनि सर्वसम्मतले पारित गरेको छ।
पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको संयोजकत्वमा गठित “जन-यात्रा अभियान” को कार्यविधि सर्वसम्मतले पारित गरेको कार्यवाहक प्रवक्ता झाले बताए।



