बैशाख२४,हेटौंडा।मकवानपुरे संचारकर्मीहरुका लागी दुई दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरको समन्वयमा “प्रविधिको प्रयोग र सञ्चार क्षेत्रको बदलिँदो परिस्थिति” विषयक दुई दिने क्षमता अभिवृद्धि तालिम बुधवार देखी हेटौंडामा सुरु भएको हो।

तालिमको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा गरिएको छ।

तालिममा विवेक आनन्द न्यौपाने, दिलभूषण पाठक र निमेश निखिलले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।

न्यौपानेले ‘पत्रकारितामा डिजिटल साक्षरता’ पाठकले लैङ्गिक संवेदनशील पत्रकारिता’ र निखिलले ‘पत्रकारितामा भाषिक शुद्धता’ सम्बन्धी प्रशिक्षण दिईरहेका छन्।

तालिम इन्टरनेशनल एलर्ट युरोपियन युनियनको आर्थिक सहयोग र सुनौलो सिसौट नेपालको आयोजनामा भएको हो।

तालिमबाट जिल्लाका सञ्चारकर्मीहरूले बदलिँदो सञ्चार प्रविधि, विषयवस्तुमा संवेदनशीलता तथा व्यावसायिक लेखनमा थप दक्षता हासिल गर्ने विश्वास गरिएको छ। तालिम शुक्रवार सम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय