बैशाख२७,हेटौंडा।हेटौंडामा सुमोको ठक्करबाट एक पुरुष गम्भीर घाईते भएका छन्।
घाईते हुनेमा बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-२१ बस्ने अन्दाजी वर्ष ५५ का जयबहादुर मोक्तान छन्।
मोक्तानलाई आज विहान ९ बजेर ५० मिनेटको समयमा काठमाडौबाट वीरगंजतर्फ जान आउँदै गरेको ना१ज ६९६४ नम्बरको सुमोले हेटौंडा-८ स्थित मास्टरचोकमा ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाईते मोक्तानलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछी चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ।
उनी बोल्न नसक्ने अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोक्तानको साथमा उनकी छोरी लक्ष्मी मोक्तान र आफन्त पदम मोक्तान छन्।
सुमो चालक पर्साको बहदुरमाई नगरपालिका-९ बस्ने २४ वर्षिय सन्तु राउत कुर्मी र सुमो प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।



