बैशाख२८,हेटौंडा।मनहरीमा ईंटा लोड भएको ट्रक पल्टिँदा चालकसहित २ जना घाईते भएका छन्।
आईतवार विहान साँढे १ बजे मनहरी गाउँपालिका-०८ ज्यामिरे चौधमाईलस्थित पूर्व-पश्चिम सडकखण्डमा मधेश प्रदेश०३-००२ ख. ३२५४ नम्बरको ईंटा लोड भएको ट्रक पल्टिएको हो।

सर्लाहीबाट काठमाडौ जाँदै गरेको ट्रक सडकको बाँया साईडमा रहेको बिद्युतको पोलमा ठक्कर खाई पल्टिएको प्रहरीले जनाएको छ।
दूर्घटनामा ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका-२ बस्ने बर्ष ३१ का सन्दिप लामा र ट्रक धनी सर्लाहीको वागमती गाउँपालिका-८ बस्ने बर्ष ३१ कै नविनकुमार गरङ्जा घाईते भएका छन।
प्रहरीका अनुसार चालक लामाको टाउको र घाटिमा चोट लागी मध्यम अवस्थामा र ट्रक धनी गरङजाको बाँया खुट्टामा चोट लागि सामान्य अवस्थामा मनहरी अस्पतालमा उपचार भैरहेको छ।




