बैशाख२८,निजगढ। बाराको निजगढ-९ मा संचालित निजगढ सिटि हस्पिटलले प्रथम विकल रेग्मी स्मृति जुनियर कपको फाईनलामा पुग्ने दुई टिमका खेलाडी र परिवारलाई ५०% छुटमा स्वास्थ्य उपचार गरिदिने घोषणा गरेको छ।
हस्पिटलका संचालक संजीव यादवले फाईनल विजेता र उपविजेता टिमका खेलाडीसहित उसको परिवारलाई समेत १ वर्ष सम्म सम्पूर्ण खर्चको ५०% छुटमा उपचार गरिदिने बताएका हुन्।
गत बैशाख २२ गते देखि निजगढ-९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगिताको फाईनलमा निजगढ वडा नम्बर ४ र वडा नम्बर ११ प्रवेश गरेको छ। फाईनल खेल ३० गते मंगलवार हुँदैछ।
सो हस्पिटलका फिजियोथेरापीष्ट रामाशंकर साह र फर्मासिस्ट सुदिप यावदले खेल अवधीभर घाईते खेलाडीहरुको निशुल्क प्राथमिक उपचार पनि गर्दै आएका छन्।
हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा,फिजियोथेरापी,ल्याब,एक्सरे,भिडियो एक्सरे,सामान्य अपरेशन लगायत अन्य रोगहरुको पनि विशेषज्ञ डक्टरहरुद्वारा परिक्षण हुने संचालक यादवले बताए।
उनका अनुसार हस्पिटलमा अर्थोपेडिक डक्टर हप्तामा २ पटक,युरोलोजिस्ट,गाईनोक्लोजिस्ट र कार्डियोलोजिस्ट महिनाको एकपटक र इन्डोकाईनोलोजिस्ट,नाक,कान घाँटीको विशेषज्ञ डक्टर महिनामा २ पटक आएर बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन्।



