जेठ१,निजगढ। भोलि जेठ२ र ३ गते हुने भनिएको निजगढ नगरस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता स्थगित भएको छ।प्रतियोगिता अब आगामी जेठ ९ र १० गते हुने भएको छ।

बारा जिल्ला तेक्वान्दो संघका अध्यक्ष चित्रबहादुर लामाले प्राविधिक कारणले प्रतियोगिता सार्नु परेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।

निजगढ नगरपालिका कार्यालयबाट प्रतियोगिता गराउने कार्यादेश प्राप्त नभएकोले प्रतियोगिता सार्नु परेको स्रोतले जनाएको छ।

निजगढ नगर खेलकुद विकास समितीको आयोजना तथा निजगढ तेक्वान्दो डोजाङको व्यवस्थापनमा प्रथम निजगढ नगर स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता आयोजना हुन लागेको हो।

निजगढ कभर्डहलमा विहान ८ बजेदेखी हुने प्रतियोगितामा नगरका विभिन्न ६ वटा डोजाङहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ।

बारा जिल्ला तेक्वान्दो डोजाङ,श्री नेत्रोदय तेक्वान्दो डोजाङ,श्री जनज्योति तेक्वान्दो डोजाङ,स्मार्ट सिटि वागदेव तेक्वान्दो डोजाङ,श्री नेरामावि तेक्वान्दो डोजाङ र सत्यस्वर तेक्वान्दो डोजाङ प्रतियोगितामा सहभागी हुने भएको छ।

प्रतियोगितामा पुरुषतर्फ २० देखि ६६ केजि मुनि र महिलातर्फ २० देखि ६२ केजि तौल समूह मुनिका खेलाडीहरु सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्रथम हुने डोजाङले नगद ३० हजार,द्वितीयले नगद २० हजार तथा तृतीयले नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लामाले बताए।

यस्तै उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको उनको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय