जेठ१,निजगढ। निजगढ नगर स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता पूर्वनिर्धारित समयमै हुने भएको छ।

निजगढ नगर खेलकुद विकास समितिको गत चैत्र १३ गते बसेको बैठकले यहि जेठ २ र ३ गते निजगढमा नगरस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो।

तर नगरपालिकाले बैशाख ३१ गतेसम्म पनि सम्झौता नगरेपछी प्रतियोगिता संचालन अन्यौलमा परेको बारा जिल्ला तेक्वान्दो संघका अध्यक्ष चित्रबहादुर लामाले जानकारी दिए।

“अन्तिम समय भैसक्दा पनि नगरपालिकासँग सम्झौता हुन सकेको थिएन,”अध्यक्ष लामाले भने,”आज फेरि नगरपालिकासँग सम्झौता भई कार्यादेश पायौँ अब पूर्व निर्धारित समयमै प्रतियोगिता हुन्छ।”

प्रतियोगिताको भोलि जेठ२ गते विहान ८ बजे निजगढस्थित बैंन्क्युट हलमा उद्घाटन हुने जनाईएको छ।

यसअघि भोलि र पर्सि हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले जेठ ९ र १० गतेका लागी सरेको अध्यक्ष लामाले आफ्नो फेसबुकमार्फत जानकारी गराएका थिए।

निजगढ नगर खेलकुद विकास समितीको आयोजना तथा निजगढ तेक्वान्दो डोजाङको व्यवस्थापनमा प्रथम निजगढ नगर स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता आयोजना हुन लागेको हो।

निजगढ-८स्थित कभर्ड हलमा हुने प्रतियोगितामा नगरका विभिन्न ६ वटा डोजाङहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ।

बारा जिल्ला तेक्वान्दो डोजाङ,श्री नेत्रोदय तेक्वान्दो डोजाङ,श्री जनज्योति तेक्वान्दो डोजाङ,स्मार्ट सिटि वागदेव तेक्वान्दो डोजाङ,श्री नेरामावि तेक्वान्दो डोजाङ र सत्यस्वर तेक्वान्दो डोजाङ प्रतियोगितामा सहभागी हुने भएको छ।

प्रतियोगितामा पुरुषतर्फ २० देखि ६६ केजि मुनि र महिलातर्फ २० देखि ६२ केजि तौल समूह मुनिका खेलाडीहरु सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३० हजार,द्वितीय खेलाडीले नगद २० हजार तथा तृतीय खेलाडीले नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लामाले बताए। यस्तै उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको उनको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय