जेठ३हेटौंडा।मकवानपुर प्रहरीले चोरी भएको २ ओटा ट्रक फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ।

गत बैशाख ३० गते र जेठ२ गते हेटौंडाको विभिन्न स्थानबाट हराएको ट्रक प्रहरीले चितवनको खैरहनी नगरपालिका-९ स्थित पूर्व-पश्चिम सडकखण्डको किनारमा फेला पारेको हो।

हेटौंडा-१२ का ईश्वर बलामीको ना ३ ख ७३२० नम्बरको ट्रक गत बैशाख ३० गते वडा नम्बर ११ नवलपुरस्थित ग्यारेजबाट र जेठ २ गते हेटौंडा-३ का हरिबहादुर डंगोलको मे १ ख १४५७ नम्बरको ट्रक आफ्नै घर अगाडीबाट चोरी भएको भनी प्रहरीमा निवेदन परेको थियो।

प्रहरीले खोजतलास गर्ने क्रममा दुबै ट्रकलाई एकैठाउँमा फेला पारेको जनाएको छ।

ट्रक धनि दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा बोलाई आ-आफ्नो ट्रक सनाखत गर्न लगाई एकिन भए पश्चात आज बुझाईएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न व्यक्तीहरुको खोजतलास भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय