जेठ१०,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गृहमन्त्री रमेश लेखकको राजिनामा माग गरेको छ।

गृहमन्त्री लेखक र उनका सचिवालय नै “भिजिट भिसा” मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएपछि पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले एक बिज्ञप्ति जारी गरि जनाएको हो।

“विगतमा मन्त्री लेखकले नै सदनमा प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ भनेर विभिन्न दृष्टान्त सम्झाउनुभएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं।” बिज्ञप्तिमा भनिएको छ।

साथै बिज्ञप्तिमा यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौँ भनिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक आज दिनको ४ बजे बसेको थियो र यसको निरन्तरता स्वरूप केन्द्रीय समितिको अर्को बैठक भोलि अपराह्न २ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा हुने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

पार्टी सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सम्मानित सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानुनी रूपमा स्वीकार गरेको पनि बिज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय