जेठ१०,काठमाडौ। गृहमन्त्री रमेश लेखकले मातहतका कर्मचारीलाई अनुसन्धान गर्दैमा मन्त्रीले राजिनामा दिनुनपर्ने बताएका छ्न्।

मन्त्री लेखकले संवैधानिक निकायले कुनैपनी कर्मचारीलाई कुनैपनी बेला अनुसन्धान गर्न सक्छ,तर कर्मचारीमाथी अनुसन्धान हुँदैमा  सबै मन्त्रीहरुले राजिनामा दिँदै हिँड्नुपर्ने हो र ?भन्दै प्रतिप्रश्न गरेका छन्।

त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलको बिषय मात्र नभै आफ्नो सार्वजनिक जीवनमा पनि कुनै किसिमको आर्थिक अनियमितता सम्बन्धी बिषय कसैले प्रमाणित गर्छ भने पदबाट मात्र नभै राजनीति बाटै राजीनामा दिने मन्त्री लेखकको भनाई छ।

उनले आफुविरुद्व नियोजित र षड्यन्त्रमुलक ढंगले झुटा प्रचारबाजी भैरहेको पनि बताए। भिजिट भिसा प्रकरणका बारे आगामी १३ गते सदनमै बोल्ने उनले बताएका छन्।

भिजिट भिसामा सेटिङ भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको थियो।

छापा मार्ने क्रममा शङ्कास्पद लागेपछि अख्तियारले कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लियो। अख्तियारले उनको मोबाइल र कम्प्युटरको डिभाइस अनुसन्धान गर्न ‘फरेन्सिक ल्याब’मा पठाएको छ ।

अध्यागमन कार्यालयमा अख्तियारले छापा मार्नुभन्दा एक दिन अगाडि गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट भट्टराईलाई मन्त्रालयमा तानेर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृत बनाएर पठाईएको थियो।

विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आशंका व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय