जेठ१२,हेटौंडा। मकवानपुर प्रहरीले ठूलो परिमाणको लागूऔषध अनरेक्ससहित एकजनालाई हेटौंडाबाट पक्राउ गरेको छ।
हेटौंडा-१० बसपार्कस्थित आफ्नो डेरामा १३१ बोतल लागुऔषध अनरेक्स-१०० एमएल लुकाईछिपाई राख्ने विकास तामाङलाई प्रहरीले मंगलवार विहान पौने १० बजे पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा पक्राउ परेका तामाङले उक्त लागूऔषध आफ्नो कोठाको दराजभित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
तामाङलाई लागूऔषधसहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत,हेटौंडाबाट लागूऔषध अनरेक्स मुद्धामा ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



