जेठ१४,निजगढ।सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपालको भर्खरै सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा पुन: क्षितिज थेबे निर्वाचित भए।

उनले आफ्ना प्रतिश्पर्धी सुमन पुरीलाई १८८ मतान्तरले पराजित गरेका हुन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थेबेलाई नै अध्यक्ष पदमा सर्वसम्मत दोहोर्याउन निर्देशन दिएपनि पुरीको अडानका कारण अधिवेशन निर्वाचनमा होमिएको थियो।

अन्ततः पुरीको प्यानलबाट खुला सचिवमा अरुण कुँवर बाहेक पुरै थेबे प्यानल नै बिजयी भयो।

पुन:निर्वाचित अध्यक्ष क्षितिज थेबे बायाँ र सुमन पुरी दायाँ।

कुल १४सय६ मत खसेकोमा थेबेको पक्षमा ७९६ र पुरीको पक्षमा ६०८ मत खसेको थियो।

पुरीले फराकिलो मतान्तरले हार बेहोरेपनी मधेश प्रदेशबाट भने उनले बढी मत पाए।

मधेशबाट कुल १०३ मत खसेकोमा पुरीको पक्षमा ६४ मत खस्यो भने थेबेको पक्षमा ३९ मत खस्यो।

पुरीको पक्षमा युवासंघ मधेस प्रदेश सह-ईन्चार्ज एवं स्थायी कमिटी सदस्य तिलक घलान नेतृत्वको समर्थन रहेको थियो।

मधेसमा उल्लेख्य सङ्ख्यामा थेबेको पक्षमा नेताहरु रहे पनि पुरीको पक्षमा बढी मत खसेको हो।

थेबेको पक्षमा मधेशबाट नवनिर्वाचित सचिव मोबिन आलम, सचिवालय सदस्य भावना आचार्य , पूर्व प्रदेश ईन्चार्ज मनिष झा, केन्द्रिय सदस्य दिपिका शाह , राम यादव , रवि गुप्ता र जितेन्द्र चौधरी लगायतको समर्थन थियो।

महाधिवेशन यहि जेष्ठ ९ देखि १२ गतेसम्म गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय