जेठ१४,हेटौंडा।मकवानपुरको भीमफेदीस्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा काठमाडौंका एक किशोरको ज्यान गएको छ।
काठमाडौं महानगरपालिका-१२ लाजिम्पाटका १७ वर्षिय नामसोज हगं जबेगुको मंगलवार खोलामा डुबेर ज्यान गएको हो।

कक्षा ११ को परीक्षा सकाएर आफ्ना ८ जना साथिहरुसँग घुम्न आएका जबेगु मंगलवार दिउँसो करिब २ बजेर २० मिनेट जाँदा भीमफेदी गाउँपालिका-८ स्थित कोगटे खोलामा पौडी खेल्ने क्रममा डुबेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पानीमा डुबी अचेत भएका जबेगुलाई प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोलि उद्वारका लागी पुग्नु अघि नै साथिहरुले अचेत अवस्थामा निकालेका थिए।
प्रहरी र साथीहरुको सहयोगमा अचेत अवस्थामै स्थानिय स्वास्थ्य चौकी सिस्नेरीमा ल्याईएका उनलाई राती ९ बजे चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठले जानकारी दिए।
शवलाई उनको बुवा र काकाको जिम्मामा प्रहरीको साथ लगाई मंगलवार राती नै पोष्टमार्टमका लागी काठमाडौंस्थित शिक्षण अस्पताल पठाईएको निरीक्षक श्रेष्ठले बताए।



