जेठ१४,निजगढ।ईलाका प्रहरी कार्यालय निजगढ,बाराको नागरिक सहायता प्रतिक्षालय भित्र सुविधा सम्पन्न मोबाईल चार्जिङ स्टेसन जडान गरिएको छ।
बुधवार ईलाका प्रहरी कार्यालयको समन्वय तथा नेपाल टेलिकम निजगढ शाखाको सहयोगमा उक्त चार्जिङ स्टेसन जडान गरिएको हो।

चार्जिङ स्टेशन जडानपछी सेवाग्राही र प्रहरी कर्मचारीलाई मोबाईल चार्ज गर्न सहज भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।



